images

१४ वर्षपछि अष्ट्रेलियाले जित्यो आईसीसी यु–१९ विश्वकप

काठमाडौं–१४ वर्षपछि अष्ट्रेलियाले आईसीसी यू–१९ विश्वकपको उपाधि जितेको छ । यसअघि सन् १९८८, २००२, २०१० मा उपाधि जितेको अष्ट्रेलियाको यसपटकको उपाधि चौथो हो । २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा अल आउट भयो । अष्ट्रेलियाको उत्कृष्ट बलिङ आक्रमणसामु भारतका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर आदर्श सिंहले ७७ बलमा ४ चौका र १ छक्कासहित ४७ रन र मुसिर खान २२ रनमा आउट भए । मुरुगन अभिषेकले ४६ बलमा ५ चौका र १ छक्कासहित ४२, कप्तान उदय सहारन ८, सचिन दास र प्रियान्शु मोलियाले ९–९ रन बनाए । अष्ट्रेलियाका माहली बियर्डम्यानले ७ ओभरमा २ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए । राफ म्याकमिलनले १० ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । कलुम विड्रलले २, चार्ल्स एन्डरसन र टम स्ट्रेकरले १–१ विकेट लिए ।

भारतका तीव्र गतिका बलर राज लिम्बानीले १० ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । नमान तिवारीले २, सौम्य पाण्डे र मुसिर खानले १–१ विकेट लिए । भारतले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २ विकेट तथा अष्ट्रेलियाले पाकिस्तानलाई १ विकेटले हराउँदै फाइनलमा स्थान बनाएका थिए । नेपाल भने समूह चरण हुँदै सुपर सिक्सबाट बाहिरिएको थियो ।