images

करिव दुई करोड नक्कली नोट सहित एक जना भारतीय नागरिक पक्राउ

काठमाडौं– करिब दुई करोड नक्कली नोट सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । सुनसरीबाट प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो ।

आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले जानकारी दिए ।

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । शंकास्पद अवस्थाको स्कोरपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको हो । गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् । गाडी भारतबाटै आएको देखिएको प्रहरीले बताएको छ ।