images

लाइसेन्स वितरणमा ठुलो घोटाला गरेको भन्दै यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो

काठमाडौं–यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाललाई कालोमोसो दलिएको छ । क्रान्तिकारी युवा संगठनले सवारी लाइसेन्स वितरणमा ठूलो घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर कालोमोसो दलेको बताइएको छ ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको समूह उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय लाइसेन्स वितरणमा ठुलो घोटाला भएको भन्दै अख्तियारले समेत छानबिन गरिरहेको छ ।