images

जनयुद्ध दिवसमा कुनै विदा छैनः गृह मन्त्रालय

काठमाडौं–गृहमन्त्रालयले फागुन एक गते कुनै पनि विदा नभएको प्रष्ट पारेको छ । गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै फागुन एक गते विदा नभएको प्रष्ट पारेको हो । गृन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै ‘जनयुद्ध दिवस’मा बिदा नभएको जनाएका हुन्।

सरकारले २०७९ सालमा फागुन १ गते बिदा दिने निर्णय गरेको थियो। सरकारको उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले गत पुस १३ गते सरकारको बिदान दिने निर्णय खारेज गरेको थियो।

सर्वोच्च अदालतले फैसलामा नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी)बीच भएको विस्तृत शान्ति सम्झौतामा  ‘जनयुद्ध’ भन्ने शब्द नभई ‘सशस्त्र द्वन्द्व’ प्रयोग भएको, संविधान निर्माणका क्रममा २०६६ सालमा संवैधानिक समितिमा छलफल हुँदा ‘जनयुद्ध थप गर्ने भन्ने’ शब्द प्रस्ताव बहुमतबाट अस्वीकृत भएको उल्लेख गरेको थियो।

त्यस्तै, नेपालको संविधानमा जनआन्दोलन, सशस्त्र संघर्ष प्रयोग भए पनि ‘जनयुद्ध’ शब्द प्रयोग नभएको तथा सशस्त्र द्वन्द्वबाट पीडितलाई निजको इच्छा विरुद्ध माओवादी ‘जनयुद्ध’बाट पीडित भन्नु विरोधाभाषपूर्ण हुने र यसबाट पीडित झन पीडित बन्न जाने सर्वोच्च अदालतको यसअघिको आदेश लगायतलाई आधार मानेर सर्वोच्चले बिदा खारेज गरेको थियो।
हेर्नुहोस् गृहमन्त्रालयको विज्ञप्ति