images

बेवारिसे अवस्थामा रहेका ४८६ सवारी साधनको हकदाबी गरि १५ दिनभित्र बुझि लैजान चितवनको प्रहरीको आग्रह

चितवन–जिल्ला प्रहरी कार्यालय चितवनले सवारी साधन चेकिङ तथा बेवारिसे अवस्थामा फेला परि लामो समयदेखि प्रहरी कार्यालयमा थन्काएका सवारी साधनलाई बुझि लैजान सूचना जारी गरेको छ ।

लामो समयदेखि प्रहरी कार्यालयमै राखिएका ४७७ वटा दुई पांग्रे र ९ वटा चार पांग्रे सवारी साधन गरि जम्मा ४८६ सवारी साधनमा कोही पनि हक दावी गर्न नआएकोले उल्लेखि गर्दै सोको सक्कल काजजात (सवारी दर्ता किताव पत्र सहित) प्रहरी कार्यालयको प्रवन्ध शाखामा सम्पर्क गरी बुझि लैजानको लागी १५ म्याद सहित सुचना जारी गरिएको हो ।

तोकिएको समय भित्र हक दाबी गर्न नआएमा सरकारी सम्पती तथा जिन्सी मालसामान लिलाम बिक्री सम्बन्धि कार्यबिधि २०७९ को परिच्छेद ३ को दफा २० को उपदफा १ र २ मा ब्यबस्था भए बमोजिम आवश्यक प्रक्रिया पुराएर सवारी साधन लिलामीमा जाने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार लामो समयसम्म पनि सवारी धनी सवारी लिन नआएको हुनाले कानुनी प्रक्रिया पुराएर नै अब लिलामी प्रक्रियामा जान लागेको स्पेस समाचारलाई जानकारी दिए। उनले अब पनि हक दाबी गर्न कोही नआएको खण्डमा चल्न सक्ने र चल्न नसक्ने गरि २ तरिकाबाट मुल्यांकन समितिले निर्णय गरेर लिलामी हुने बताए ।