images

माओवादी केन्द्रको विधान अधिवेशन सम्पन्न,पदाधिकारी बाहेक प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत चयन गरिने

काठमाडौं– विधान संशोधन गर्दै नेकपा माओवादी केन्द्रको विधान अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनको अन्तिम दिन अध्यक्ष पुष्पकमल दहालले जवाफ दिएपछि नयाँ विधान पास गरिएको हो । सदस्यहरुको असन्तुष्टिका बिच पार्टी नेतृत्वले पेलेर निर्णय गरेको केही नेताहरुले गुनासो गरेका छन् । विधानको मस्यौदामाथि २० वटा समिति बनाएर छलफल गरिएको थियो ।

छलफलको क्रममा पार्टीको नाम र चुनाव चिन्ह फेर्नेदेखि पदाधिकारीसहित तल्ला कमिटी सम्म प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनुपर्ने सुझाव आएको थियो । तर, पदाधिकारीसहित प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने प्रस्ताव अधिवेशनबाट अस्वीकृत भएको छ । स्थानीय, प्रदेश र केन्द्रीय कमिटी प्रत्यक्ष निर्वाचित प्रणालीमार्फत चयन गर्ने निर्णय भए पनि पदाधिकारीको हकमा भने तत्काल यो प्रणाली अवलम्बन नगर्ने निर्णय भएको हो । प्रत्यक्ष प्रणालीबाट निर्वाचित कमिटीले पदाधिकारी चयन गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिहरुले उठाएको सवालमाथि जवाफ दिने क्रममा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले सबै सवालमाथि पार्टी र नेतृत्वको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

बैठकमा दहालले चैत र वैशाखमा दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने निर्णय पनि सुनाए । त्यस्तै केन्द्रीय कमिटि १९९ सदस्यीय बनाउने, तत्काल पार्टीको नाम र चुनाव चिह्न परिवर्तन नगर्ने लगायतका निर्णय पनि भएको छ । यस्तै कार्यालय ११ जनाको बनाउने स्थायी कमिटी केन्द्रीय समितिको एक तिहाइ सदस्य संख्याको बनाउने निर्णय पनि भएको छ ।