काठमाडौं– सम्पती शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने, विधेयक, २०७९ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।
आईतवार बसेको राष्ट्रिय सभको बैठकले उक्त विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाएको हो । राष्ट्रियसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सम्पती शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने, विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रस्तावलाई सभाका सम्पूर्ण सदस्यहरुले सर्वसम्मतिले स्वीकृत गरेको हो । राष्ट्रिय सभाको अर्को बैठक फागुन ११ गते शुक्रवार १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।