images

गठबन्धनको उद्देश्य भनेको एमालेको विरोध मात्रै गर्नु होः ओली

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलको उद्धेश्य भनेको एमालेको विरोध गर्नु मात्रै भएको बताएका छन् । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले भने,‘गठबन्धन राष्ट्रियताप्रति कमजोर, सुशासन प्रति कमजोर छ । विकासप्रति चासो छैन । चालु आयोजना बन्द छन् । अहिलेको गठबन्धनको उद्देश्य नेकपा एमालेको विरोध हो । एमालेलाई बदनाम गराउने एउटामात्रै गठबन्धनको एजेण्डा हो’, ओलीले भने, ‘जनतामा निराशा छ । नागरिकहरु विदेश पलायन भएका छन् ।’ उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड इमानमा अड्न नसक्दा एमालेसँगको गठबन्धन भत्कन पुगेको प्रष्ट पारे।

ओलीले एमालेलाई कमजोर बनाउन खोज्दा अनेक खालका शक्ति सलबलाउन थालेको समेत बताए ।