images

क्यानडा-११ विरुद्धको खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी

काठमाडौं–क्यानडा विरुद्धको खेलमा नेपाल ‘ए’दुई विकेटले विजयी भएको छ । नेपालको ‘ए’ क्रिकेट टिम र क्यानडा–११ बीचको दोस्रो खेल मंगलबार भएको थियो। खेल मुलपानी क्रिकेट मैदानमा भएको थियो ।

नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए ।

यस्तै बसिर ५२ रनमा नट आउट रहे । ओपनर अर्जुन कुमालले ४० रन बनाए भने रसिद खान अर्धशतक प्रहार गर्नबाट ३ रनले चुके ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको थियो ।