images

नेपाले दियो नामिबियालाई १६९ रनको लक्ष्य

काठमाडौं–आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको खेलकुद मैदानमा भएको खेलमा ३७. १ ओभरमै सबै विकेट गुमाएर नेपालले १६८ रन बनाएको हो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए ।

नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए । यस नेपाल नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो