images

देउवाले मागे पत्रकारहरुसँग महासमिति बैठकबारे सुझाव

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जारी नेपाली कांग्रेसको महासमिति बैठकबारे पत्रकाहरुसँग सुझाव मागेका छन् । बुधबार सभापति देउवाले महासमिति बैठक स्थलमा निर्माण गरिएको मिडिया सेन्टर निरीक्षण गर्दै पत्रकारहरुसँग सुझाव मागेका हुन् ।

मिडिया सेन्टरको निरीक्षण गर्दै उनले महासमिति बैठकको समाचार सम्प्रेषणको प्रभावकारीतामा ध्यानदिन आग्रह गरे । उनले भने ‘पत्रकार ज्यूहरुले स्वतन्त्रपूर्वक देशकै ठूलो पार्टीको महासमिति बैठकका समाचारहरु सम्प्रेषण गरेर हामीलाई आवश्यक सुझाव दिँदै गर्नुहोला।’

देउवाले सूचना केन्द्र, स्वास्थ्य शिविर र भोजन व्यवस्थापन लगाएतका व्यवस्थापनका बिषयमा जानकारी लिए । साथै, उनले व्यवस्थापनमा कुनै कमी हुन नदिन निर्देशन दिए ।