images

व्यवसायी अपरण गरेको आरोपमा कांग्रेस नेता लामाविरुद्ध उजुरी दर्ता

काठमाडौं–ई–कर्मस वेबसाइट ग्यापु डटकमका सञ्चालक ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको आरोपमा नेपाली कांग्रेस नेता गणेश लामाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ ।

लामासहितको समूहले आफूलाई ललितपुरको ढोलाहिटीस्थित आदर्श टोलबाट अपहरण गरेको पीडितको जाहेरीमा उल्लेख छ । अपहरण गरेर लन्डन हाउस होटलमा लगेर बन्धक बनाएको जाहेरीमा भनिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको आएको निवेदनमाथि प्रारम्भिक अनुसन्धान गरेर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।