images

मन्त्री ज्वालाको राजीनामा माग गर्दै एमालेद्वारा संसद बैठक अवरुद्ध

काठमाडौं–नेकपा एमालेले मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै संसद बैठक अवरोध गर्ने भएको छ । बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै विरोध गर्ने भएको हो ।

एमाले सचेतक महेश बर्तौलाले बिहीबार ११ बजे बस्ने प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई कारबाही नगरेको विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउने बताए । उनले भने, ‘हामी बैठकको सुरुमै यसबारेमा सरकारको ध्यानाकर्षण गराउँछौँ । विरोध गर्छौ त्यसका लागि समय माग गरिसकेका छौँ । हाम्रो ध्यानाकर्षणलाई सरकारले कसरी लिन्छ त्यसमै बैठक अघि बढ्ने नबढ्ने भर पर्छ ।’