images

तीन मन्त्रीले तत्काल राजीनामा दिनु पर्ने एमालेको अडान कायमै

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले तीन जना मन्त्रीले राजीनामा दिनु पर्ने अडान कायमै राखेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले उक्त कुरा दोहोर्याएको हो । बालकुमारी घटनाको छानविन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसद्‌मा बुझाउन माग गरेको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सचिव योगेश भट्टराईले बालकुमारी घटनाको नैतिक जिम्मेवारी गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि लिनुपर्ने बताए। उनले भने, आयोगले बुझाएको प्रतिवेदनमा के छरु अहिले संसद चलिरहेको संसदमा आउनुपर्यो। यो कुरा प्रधानमन्त्रीले बताउनुपर्छ।

उनले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको कारणले घटना भएको प्रतिवेदनमा उल्लेख भइसकेपछि पनि झण्डा हल्लाएर हिँड्न नमिल्ने बताए।

यस्तै, टेरामक्स प्रकरणमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र लुम्बिनीको जग्गा लिजमा दिएको प्रकरणमा पर्यटन मन्त्री सुदन किरातीको राजीनामा मागेको हो।