images

नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य

काठमाडौं–आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नेदरल्यान्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल अन्तिम तीन बल बाँकी छदा अलआउट हुन पुग्यो ।

खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे पनि अरु ब्याटर चल्न सकेनन्। ६६ रन बनाएका उनले ९३ बलमा ८ चौका प्रहार गरे।
पहिलो सिरिजको तीन खेल खेलिसक्दा नेपालले एक जित र दुई हार ब्यहोरेको छ।

नामिबियासँग भएको दुवै खेलमा पराजित भएको थियो नेपालले नेदरल्यान्ड्सविरूद्धको पहिलो भने ९ विकेटको सानदार जित निकालेको थियो।

नेपालविरूद्ध दुई र नेदरल्याण्ड्सविरूद्ध एक खेलमा जित निकालेको नामिबिया ६ अंकसहितअंक तालिकाको शीर्ष स्थानमा छ। एक एक जित निकालेका नेपाल र नेदरल्यान्ड्स २/२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्।