images

नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित

काठमाडौं–नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित भएको छ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नेदरल्यान्ड्सलाई १७३ रनको लक्ष्य दिएको थियो ।

घरेलु मैदान कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल अन्तिम तीन बल बाँकी छदा अलआउट भएको थियो । त्यसपछि ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले २ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो ।

नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । डच टोलीका लागि विक्रमजित सिंहले ९२ बल खेल्दै ७ चौका मदतमा अविजित रहँदै सर्वाधिक ५६ रन बनाए ।

यस्तै साएब्रान्ड एंगलब्रेक्टले७५ बल खेल्दै ३ चौका मदतमा अविजित ४६ रन बनाए । यो जोडीले तेस्रो विकेटका लागि १०२ रनको साझेदारी गरे ।

नेपालले दुवै ओपनरको विकेट लिएपनि त्यसपछि थप विकेट लिन नसक्दा तेस्रो हार बेहोरेको हो ।