images

वर्तमान सरकार असफल भइसक्यो,मन्त्रीहरुले राजीनामा दिए हुन्छः सांसद गौतम

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको भन्दै मन्त्रीहरुलाई राजीनामा दिन सुझाव दिएकी छिन् ।

आईतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद गौतमले सरकारको काम शुन्य भएको टिप्पणी गरिन् । सरकार असफल भएको भन्दै उनले काम गर्न नसके राजीनामा दिन मन्त्रीहरुलाई आग्रह गरिन् । आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि पटक–पटक मन्त्रीलाई आग्रह गर्न जाँदा पनि भेट्न नपाएको भन्दै उनले जनताको प्रत्यक्ष मतबाट निर्वाचित सांसदलाई भेट नदिएर मन्त्रीहरु कसलाई भेट्छन् ? भनि प्रश्न समेत गरिन् ।

ठूला पार्टीहरु संसदमा एकले अर्कोलाई आरोपित मात्रै गरिरहेको उनको टिप्पणी छ । सांसद गौतमले वर्तमान प्रदेश संरचनालाई सुधार्नेतर्फ छलफल केन्द्रीत गर्नुपर्ने पनि बताइन् ।