images

संसदमा एमालेको नाराबाजी,बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं–प्रमुख विपक्षी नेकपा एमालेले संसदमा नाराबाजी गरेका छन् । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा एमाले सांसदहरुले आ-आफ्नो स्थानमा उभिएर नाराबाजी गरेका हुन् ।

उनीहरुले सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरुलाई कारबाही गर जस्ता नारा लगाएका थिए । एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै प्रतिनिधिसभाको सोमबारको बैठक अवरुद्ध गरेको हो ।

सभामुखले पटक पटक बस्न आग्रह गर्दा पनि नमानेपछि संसद बैठक १५ मिनेटलाई स्थगित गरिएकाे छ ।