images

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं–सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा जारी छ। बैठक मंगलबार बिहान साढे आठ बजे सुरु भएको हो। बैठकमा नेताहरूको कार्यविभाजनका बारेमा छलफल चलिरहेको छ।

अस्ति आइतबार बसेको पदाधिकारीको अनौपचारिक बैठकले आजको लागि स्थायी समिति बैठक तय गरेको थियो। आइतबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशका इञ्चार्ज लगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका थिए।

हालै विधान सम्मेलन गरेको माओवादी केन्द्रले पार्टीका शीर्ष नेताको कार्यविभाजन तथा जनपरिचालन लगायत विषयमा नियमित छलफल गरिरहेको छ।

तराईमधेस अभियान, उत्तर/दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादीले त्यसका लागि आवश्यक तयारी गरिरहेको प्रवक्ता सापकोटाले बताए।