images

माओवादी स्थायी कमिटीको बैठक जारी

काठमाडौं–नेकपा(माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी छ ।

बैठक बिहान साढे आठ बजेबाट बैठक सुरू भएको नेकपा माओवादी केन्द्रले बताएको छ ।

स्थायी कमिटीको बैठकले कार्यविभाजनबारे टुंगो लगाउने छ । त्यस्तै सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखापरेको विवाद र राष्ट्रिय सभा अध्यक्षको विषय पनि निरूपण गर्ने जनाएको छ। हिजो बोल्ने अधिंकाश स्थायी कमिटी सदस्यहरुले राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले पाउनु पर्ने र त्यसमा अध्यक्ष प्रचण्डले आफ्नो हडान नछोड्न सुझाएका थिए ।