images

माइतीघरको निषेधित क्षेत्र ताेड्न राजेन्द्र महतो प्रशिक्षण दिँदै

काठमाडौं–राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता राजेन्द्र महतो नेतृत्वमा आज माइतीघरको निषेधित क्षेत्र तोड्ने तयारी भइरहेको छ । केही दिन अघि लोसपा छोडेको औपचारिक जानकारी गराएका महतोले माइतीघर मण्डलाको निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने तयारी गरेका हुन् ।

त्यसका लागि अहिले कमल पोखरीस्थित कमल पोखरीस्थित महेश्वरी भवनमा प्रशिक्षण चलिरहेको छ । वि.स. २०६४ फागुन १६ गते तत्कालीन सरकार र मधेसी मोर्चाबिच भएको आठ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै त्यसको विरुद्धमा निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने अभियानको तयारी छ ।

नेता महतोले देशभरिका कार्यकर्तालाई बोलाएर प्रशिक्षण दिइरहेका छन् । सो प्रशिक्षणपछि दिउँसो १ बजे माइतीघरमा प्रदर्शन गरिने राष्ट्रिय मुक्ति क्रान्ति अभियानले जनाएको छ ।