
काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको आकस्मीक बैठक बोलाएका छन् ।
सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा १० बजेका आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका हुन् ।
सत्ता समीकरण बदलिने सम्भाबना बढेपछि देउवाले छलफलका लागि पदाधिकारी बैठक बोलाएको हुन् । देउवाले बिहानै प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेका थिए । भेटमा प्रचण्डले कांग्रेस बाहेकको नयाँ सत्ता समिकरणको कुरा अघि बढाएको बताएको स्रोतले जनाएको छ ।