images

वीरगञ्ज महानगरपालिका मेयरसहित ४ जना विरुद्ध प्रहरीमा जाहेरी

काठमाडौं– वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित ४ जनाविरुद्ध नागरिकता र सरकारी कागज कीर्ते आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको छ ।

स्थानीय लियाकत अलि र मोहम्मद साहबुदिनले जिल्ला प्रहरी कार्यालय पर्सामा छुट्टाछुट्टै दिएको निवेदन प्रहरीले बिहीबार दर्ता गरेको हो । पर्साका जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाकाले मेयर सिंहविरुद्ध नागरिकता किर्ते र जन्मदर्ता किर्ते गरेको आरोपमा २ वटा मुद्दा दर्ता भएको जानकारी दिए । मेयर सिंहसहित रुबिना श्रेष्ठ, रिता भट्टराई र भिखारी रायविरुद्ध उजुरी परेको उनले जानकारी दिए ।

उजुरी परेपछि प्रहरीले किर्ते कागजात सिफारिस गर्ने पञ्जिकरण अधिकारी लगायतको बयान लिएर अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ । जाहेरीमा मेयर सिंहले अर्काकी छोरीलाई आफै बाबु बनेर नागरिकता बनाइदिएको दाबी गरिएको छ ।