images

रास्वपाले इलाम–२ मा मात्रै उम्मेदवारी दिने, प्रदेशमा भाग नलिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम २ मा मात्र उम्मेदवारी दिने निर्णय गरेको छ ।

सोमवार बसेको केन्द्रीय समितिको बैठकले प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको एक नेताले बताएका छन् । वैशाख १५ मा इलाम २ र बझाङको प्रदेशसभामा हुँदै छ । रास्वपा गत मङ्सिरमा प्रदेशको निर्वाचनमा सहभागी भएको थिएन ।

सत्ता गठबन्धनमा भए पनि एक्लै लड्ने घोषणा गरेर रास्वपाले इलाम २ मा निर्वाचनको तयारी थालिसकेको छ । बैठकले उम्मेदवारबारे टुंगो लगाएको छैन ।

रास्वपाले इलाम २ को निर्वाचनको लागि सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई कमान्डर बनाएर यसअघि नै पठाइसकेका छ । भने पार्टीका ६ सांसदले इलामका जनतासँग प्रत्यक्ष भेटेर फर्किएका छन्।