images

राष्ट्रियसभा अध्यक्ष निर्वाचनः यस्तो छ कार्यसूची

काठमाडौं– सङ्घीय संसद् सचिवालयले मङ्गलवार बिहान ११ बजेर ९ मिनेटमा तय भएको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुने उक्त बैठकका लागि चार वटा सम्भावित कार्यसूची तय गरिएको छ । सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुङ्गानाले युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।
यस्तै गोपी बहादुर सार्की आछामीले नारायण प्रसाद दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् । त्यसपछि सभाको अध्यक्षका गर्ने उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।
निर्वाचन कार्यक्रमअनुसार सोमबार शर्मा र दाहालले अध्यक्ष पदमा आ–आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन सकिएपछि आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने पाण्डेयले जनाएका छन् ।