images

गठबन्धनमा नजाने जनमतको निर्णय, इलाम र बझाङमा उम्मेदवारी दिने

काठमाडौं– डा.सीके राउत नेतृत्वको जनमत पार्टीले नयाँ गठबन्धनमा सहभागी नहुने र सरकारलाई समर्थन नदिने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय सचिवालय मध्य बानेश्वरमा बसेको बैठकले सो निर्णय गरेको जनमतका प्रवक्ता डा. शरद सिंहले जानकारी दिएका छन् ।

इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.२ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (१) मा उम्मेदवार उठाउने पनि जनमतले निर्णय गरेको छ ।

साथै सप्तरीमा २०८० माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनमाथि छलफल गरेको छ । माघ ८ गते मधेस कृषि विश्व विद्यालयको भवन निर्माणको शिलान्यास गर्ने क्रममा भएको झडपमा जनमत पार्टीका तत्कालीन मधेस प्रदेशका शिक्षा मन्त्री महेश यादवलगायत अन्य नेताहरू घाइते भएका थिए ।