images

नेप्से ५८ अंकले बढ्यो, ४ अर्ब ५५ करोड रुपैयाँको कारोबार

काठमाडौं– सेयर बजार आज उच्च अंकले बढेको छ ।

सेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ५८ अंकले बढेर दुई हजार एक सय ११ दशमलव २४ विन्दुमा पुगेको छ ।

आज सबै समूहको सेयर बढेकोमा बीमा समूह, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, विकास बैंक समूहको सेयर उच्च अंकले उकालो लागेको छ ।

आज जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, वीन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त, जालपा सामुदायिक लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अंकले बढेको दिन हिमालयन बैंकको म्युचल फन्ड (८०–२०) भने साढे दुई प्रतिशतले घटेको छ ।

आज एक करोड छ लाख कित्ता सेयर चार अर्ब ५५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३७ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भयो ।