images

रुसी सेनामा रहेका नेपालीलाई फिर्ता ल्याउन जटिल: परराष्ट्र मन्त्री 

काठमाडौं– उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीहरूलाई फिर्ता ल्याउने कुरा अझै सहज नभएको खुलासा गरेका छन् ।

रुस–युक्रेनबिच युद्ध जारी रहेका कारण रुसी सेनामा कार्यरत नेपालीहरूलाई फिर्ता ल्याउन अझै जटिलता रहेको उनको स्पष्टीकरण थियो । मङ्गलवार साँझ सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता पठाउन रुस सरकार राजी भएको जानकारी पनि त्यहाँस्थित नेपाली दूतावासमार्फत आफूले पाएको बताए । उनले उनीहरूसँग गरिएको सम्झौता रद्द गर्न र फिर्ता पठाउने प्रक्रियाबारे जानकारी गराउन पनि नेपाल सरकारले रुस सरकारसँग अनुरोध गरेको जानकारी दिएका छन् । सेनामा रहेर ज्यान गुमाएका नेपालीहरूको क्षतिपूर्तिको उचित व्यवस्था गर्न र त्यसको प्रक्रिया अघि बढाउन पनि रुस सरकारलाई ताकेता गरिरहेको उल्लेख गरेका छन् ।