images

पेट्रोल र डिजेलको मूल्य घट्यो, कति पुग्यो त लिटरको ?

काठमाडौं– नेपालमा पेट्रोलियम पदार्थको भाउ घटेको छ ।
इन्डियन आयल कर्पोरेसनले शुक्रवार पठाएको नयाँ मूल्य सूची अनुसार मूल्य समायोजन गरेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको हो । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ । नयाँ मूल्य शुक्रवार मध्यरातदेखि लागू भएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अब काठमाडौंमा उपभोक्ताले पेट्रोल प्रतिलिटर १७१ र डिजेल तथा मट्टितेल १५८ रुपैयाँ तिर्नुपर्नेछ ।