images

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

काठमाडौं–सत्तारुढ दल नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेल चीन प्रस्थान गरेका छन् ।

उपाध्यक्ष पौडेल २६–२९ मार्च २०२४ मा चीनको बोहाओमा आयोजित बोहाओ फोरम फर एशियाको एनुअल कन्फ्रेन्समा भागलिन मंगलबार विहान त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

यसअघि उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सरकारको नेतृत्व गर्दै सो सम्मेलनमा भाग लिन गइसकेका छन् । त्यसै गरि उपप्रधान एवम् परराष्ट्र मन्त्री पनि हाल चीन भ्रमणमै रहेका छन् ।