images

घण्टी बजाउँदै इलाम–२ मा रास्वपाको उम्मेदवार घोषणा

काठमाडौं– इलाम–२ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले औपचारिक रुपमै उम्मेदवार घोषणा गरेको छ ।

बैशाख १५ गते हुने उपनिर्वाचनका लागि सभापति रवि लामिछानेसहितका शीर्ष नेता इलाम पुगेर शनिबार उम्मेदवार घोषणा गरेको हो । रास्वपालाई पत्रकारसमे रहेका मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । इलाम नगरपालिका–७ लाकुरी चौतारामा आयोजित कार्यक्रममा उनको उम्मेदवारी घोषणा गरिएको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका पार्टी सभापति लामिछानेले लिम्बूलाई चुनावचिन्ह घण्टी हस्तान्तरण गरेका थिए । त्यसबै दुबैले सँगै घण्टी बजाएका थिए । लिम्बूको पक्षमा माहोल बनाउँदै पार्टी उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य रमेश प्रसाईं लगायत इलाम पुगेका छन् । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पहिचानको आन्दोलनमा इलामले अर्को एउटा इँटा थपेको बताए । ‘अर्जुनले धनुष चलाउन किरातीहरूसँग सिकेको भन्दै उनले इलामको जनताले पनि मिलनलाई अनुमोदन गर्ने विश्वास व्यक्त गरे । केन्द्रीय सदस्य रमेश प्रसाईंले आफ्नो पार्टी कहिल्यै पनि पहिचानविरोधी नभएको दाबी गरे । उनले मिलन लिम्बूले अघि सारेको पहिचानको मुद्दालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न लाग्ने प्रतिबद्धता पनि जनाए । सांसद डाक्टर तोसिमा कार्कीले लिम्बूलाई आइपर्नसक्ने आलोचना खेप्न तयार हुन आग्रह गरिन् ।