images

सबै वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले सबै वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

२४ औँ जेल ब्रेक स्मृति दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले समाजवादी क्रान्ति पूरा गर्नका लागि आफू दृढ रहेको पनि बताए । निराश नभई क्रान्तिकारी आशावादिको कुरा गर्न र मुलुकमा समाजवादी क्रान्ति पूरा गर्नका लागि सबै वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने उनको भनाइ छ । विगतमा एमालेसहितको एकतालाई जोगाउन नसकिएको स्वीकार गर्दै उनले अब फेरि सोही दिशातर्फ फर्किएको दाबी पनि गरे । प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व गर्दै थालेको नयाँ समीकरण रणनीतिक भएको पनि बताए । नेकपामा महासचिव नेत्रविक्रम चन्द्रले माओवादी नभएको ठाउँ नभएको तर्क गरे । माओवादीहरु जुरमुराए व्यवस्थाविरोधीहरु टिक्न नसक्ने भन्दै उनले अझै पनि आफूहरू नथाकेको बताए ।