images

दोस्रो बजारका लगानी कर्ता लघुवित्ततर्फ आकर्षित 

काठमाडौं– मङ्गलवार दोस्रो बजारका लगानीकर्ताहरू लघुवित्त कम्पनीहरूमा आकर्षित भएका छन् ।

यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै १ दशमलव ८९ प्रतिशत बढेको छ। अरू उपसमूहको परिसूचक यस दिन सामान्य अङ्क बढेको छ। यस दिन बैंकिङ्ग, विकास बैङ्क, होटेल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक भने घटेको छ ।

मङ्गलवार नेप्से परिसूचक १ दशमलव ८५ प्रतिशत घटेको छ । यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ । अघिल्लो कारोबार दिन २ अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१२ स्टकको ४६ हजार २३५ पटकको कारोबारमा २ अर्ब २९ करोड १६ लाख रुपैयाँ बराबरको ६१ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।