images

रत्नपार्कको भित्ते बगैँचामा २ सय बिरुवा रोपिए

काठमाडौं– रत्नपार्कको भित्ते बगैँचामा आज २ सय वटा फूल र लहरा बोटका बिरुवा रोपिएका छन् । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले रत्नपार्क, आकाशे पुलको दुई वटा भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेको हो । यस क्रममा आयोजनाका प्रमुख नवराज थापा, महानगर प्रहरी बलका प्रमुख राजु नाथ पाण्डे, वातावरण व्यवस्थापन विभागका कर्मचारीसहित सहभागी भएर फूल तथा वृक्षारोपण गरेका हुन् ।


आयोजना प्रमुख थापाका अनुसार फूलमा बेगल बेली र स्वस्थानी फूल ९भेरेस्ता० रोपिएका छन् । बेगम बेलीमा पनि गुलाबी, रातो, सेतो, पहेँलो, सुन्तले गरी विभिन्न प्रकारका फूल फुल्ने बिरुवा छन् । सामान्यतयास् यो जातको फूल ४ देखि ६ महिनासम्म फुलिरहन्छ । यी बिरुवा बढ्दै जाँदा काँटछाँट गरेर मिलाउँदै जानुपर्छ । यसबाट आफूले चाहेको आकार र स्वरूपको बनाउन सकिन्छ ।

हरियाली हुने बिरुवामा होया, मनि प्लान्ट, आइभ्यूका बिरुवा रहेका छन् । यी बिरुवा लरिँदै बढ्दै जान्छन् । यी आकाशे पुलका भित्ताहरू साढे ३२ मिटर लामा छन् । उचाइ साढे ६ मिटरसम्म छ । भित्ताको जमिन सतहमा खाडल खनेर फूलका बिरुवा रोपिएको महानगरपालिकाले जनाएको छ । लहराउने बिरुवालाई गमलामा झुन्ड्याइएको छ । यसमा बिरुवा लहराउन भित्ताभरि २÷२ वर्ग मिटरका जालीदार बार बनाइएको छ । आयोजनाले यो काम ९ लाख ५६ हजार लागतमा सम्पन्न गरेको हो ।