images

सहकारी ठगी प्रकरणमा रविलाई बचाउने षडयन्त्र भयोः कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई बचाउने षडयन्त्र भएको निष्कर्ष निकालेको छ ।

मंगलबार संसद भवन सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले सिंगो सरकार नै आरोपित गृहमन्त्रीको बचाउमा लागेको भन्दै सो तर्क गरेको हो । सरकार सहकारी पीडितप्रति गैरजिम्मेवार बनेको निष्कर्ष बैठकले निकालेको छ ।

मंगलबार संसद भवन सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति नबनाउनु सरकारको गैरजिम्मेवारीपना भएको निष्कर्ष निकालेको हो । वर्तमान सरकार सहकारीबाट पीडित भएका लाखौं नागरिकप्रति गम्भीर र संवेदनशील हुन नसकेको कांग्रेसको ठहर छ ।

कांग्रेस संसदीय दलको बैठकले आपसमा धार्मिक, सामाजिक, सांस्कृतिक विद्वेष फैल्याउने कुनैपनि खालका तत्वहरु अनुचित रहेको ठहर पनि गरेको छ ।