images
images

प्रतिनिधि सभा बैठक बस्दै, कांग्रेसको अडान कायमै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ।

बुधबार बिहान ११ बजे बैठक सुरु हुने संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले जानकारी दिएका छन्।

मंगलवारको बैठक नेपाली कांग्रेसको बिरोधको कारण छलफलमा प्रवेशै नगरी स्थगित भएको थियो।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्न माग राख्दै संसदमा अवरोध गर्दै आएको छ।