images

अब दरबारमार्ग र ठमेल २४ सै घन्टा खुला, गृहमन्त्रीले गरे उद्घाटन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंको दरबारमार्ग र ठमेल क्षेत्र २४ सै घन्टा खुला गर्ने अभियानको औपचारिक उद्घाटन गरेका छन् ।

शनिबार साँझ नयाँ वर्षको अवसर पारेर ठमेल क्षेत्र पुगेका गृहमन्त्री लामिछानेले त्यहाँ आयोजित कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि गृहमन्त्री लामिछाने केहीबेर त्यहाँका ‘स्ट्रिट’ सपहरूमा समेत पुगेका थिए।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरी उक्त क्षेत्रलाई आजदेखि सञ्चालन गर्न लागिएको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ।

ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेकाले सोहीअनुसारको सुरक्षा व्यवस्था सुदृढ बनाइएको उनको भनाइ छ।

रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेलगायत आचारसंहिता तयार गरिएको छ।

ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सै घण्टा व्यवसाय सञ्चालन स्थानका शौचालयलाई निश्चित संकेत दिएर प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ।