images

राष्ट्रिय सभाको बैठक पनि सारियो

काठमाडौं–प्रतिनिधि सभाको बैठक सरेसँगै राष्ट्रिय सभाको बैठक समेत सारिएको छ । राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले आज १ः १५ को लागि तोकिएको राष्ट्रिय सभाको बैठक ३ः १५ बजेका लागि सार्ने निर्णय गरेको संसद् सचिवालयले जनाएको छ ।

यस अघि प्रतिनिधि सभाको बैठक ११ बजेका लागि बोलाएको भए पनि दुई बजेसम्मका लागि सारिएको थियाे ।