images

कांग्रेसले सरकारसँग माग्यो सिरोहिया पक्राउ र गृहमन्त्रीको अभिव्यक्तिबारे जवाफ 

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा बिना निष्कर्ष सकिएको छ ।

सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे प्रमुख दलका शीर्ष नेताबीच सहमति जुट्न नसकेको हो । यद्यपि बैठक सकारात्मक भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

नेता लेखकले बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसदमा दिएको अभिव्यक्ति र कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया प्रकाउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको बताएका छन् ।

लेखकले कुनै व्यक्ति र संस्थाको विषय भन्दापनि सहकारीमा अपचलन भएको सम्बन्धमा छानविन हुनेकुरा मुख्य भएको भन्दै भाषा र शैली मिलाउन सकिने धारणा राखेका छन् ।