images

भौतिक पूर्वाधारमा १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पूर्व–पश्चिम राजमार्ग बिस्तारका लागि २९ अर्ब ८८ करोड विनियोजन रुपैयाँ विनियोजन गरिएको जानकारी दिए। काठमाडौं–तराईरमधेस द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५४ करोड विनियोजन भएको छ । त्यस्तै मध्य पहाडी पुष्पलाल लोक मार्गको लागि ३ अर्ब ६८ करोड र हुलाकी राजमार्गमा ३ अर्ब ३० करोड रुपैयाँ विनियोजन भएको उनले जानकारी दिए ।

उनले भने – ‘काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत निर्माणाधीन महादेव टार, धोद्रे र लेन्डाँडाँ सुरुङ मार्ग निर्माण कार्य आगामी आर्थिक वर्ष सम्पन्न गरिने छ । ५७ पुलको निर्माण कार्यलाई तीव्रता दिइनेछ । काठमाडौं–तराई÷मधेश द्रुतमार्ग आयोजनाका लागि रु। २२ अर्ब ५४ करोड विनियोजन गरेको छु । मध्य पहाडी पुष्पलाल लोक मार्गको लागि रु। ३ अर्ब ६८ करोड विनियोजन गरेको छु । हुलाकी राजमार्गमा ३ अर्ब ३० करोड विनियोजन गरिएको छ ।’

काठमाडौं उपत्यका भित्रका व्यस्त ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ