images

जापानको बाह्य सम्पत्ति ३ ट्रिलियन अमेरिकी डलर पुग्यो

एजेन्सी–जापानको बाह्य सम्पत्ति २०२३ मा रेकर्ड ४७१.३१ ट्रिलियन येन ९३ ट्रिलियन अमेरिकी डलर० मा पुगेको छ । जुन एक वर्ष अघिको तुलनामा १२.२ प्रतिशतले बढेको हो । कमजोर येनले विदेशी स्टक, बन्ड र येन सर्तमा अन्य होल्डिङको मूल्य बढाएको कारण बाह्य सम्पत्ति बढेको जनाइएको छ ।

यो सङ्ख्या लगातार छैटौँ वर्ष बढ्दै जाँदा, जापानले येनको हिसाबले लगातार ३३ औँ वर्ष विश्वको सबैभन्दा ठुलो ऋणदाताको रूपमा आफ्नो स्थान कायम राखेको छ । त्यसपछि २०२३ को अन्त्यसम्म जर्मनी र चीन छन् ।

जापान सरकार, कम्पनीहरू र व्यक्तिगत लगानीकर्ताहरूको कुल बाह्य सम्पत्ति ११.१ प्रतिशतले बढेर १,४८८.३४ ट्रिलियन येन पुगेको छ । जबकि बाह्य ऋण १०.६ प्रतिशतले बढेर १,०१७.०४ ट्रिलियन येन पुगेको मन्त्रालयले जनाएको छ ।