images

सहकारीमा हिनामिना भएको बचत फिर्ता आउँछः अर्थमन्त्री पुन

काठमाडौं–अर्थमन्त्री वर्षमान पुनले सहकारीको हिनामिना भएको बचत फिर्ता आउनेमा आश्वासन दिएका छन् । संसद्मा प्रस्तुत गरिएको बजेटबारे बुधवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मार्फत मन्त्री पुनले उक्त कुरा बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले भने, ‘सहकारीमा संरचनागत र नीतिगत सुधार गरिन्छ । बचतकर्ताले हराएको भनिएको आफ्नो बचतबारे चिन्ता लिनुपर्दैन’, उनले आश्वस्त पार्दै भने, ‘सहकारीमा हिनामिना भएको बचत फिर्ता आउँछ । हामी यो क्षेत्रको समस्या समाधान गर्छौँ ।’

मङ्गलवार बजेट भाषणका क्रममा उनले सरकारले सहकारी संस्थाको बचतकर्ताहरूको ५ लाखसम्म रकम सञ्चालकहरूको सम्पत्ति रोक्का राखी फिर्ता गर्ने उल्लेख गरेको थियो ।

अर्थमन्त्री पुनले सङ्घीय संसद्का दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका थिए ।