images

सरकारले ल्याएको बजेटबाट निजी क्षेत्र उत्साहित हुनुपर्ने अवस्था छैनः अर्थविद् डा.पौडेल

काठमाडौं–अर्थविद् डा. विश्वनाथ पौडेलले सरकारले ल्याएको बजेटबाट निजी क्षेत्र उत्साहित हुनुपर्ने अवस्था नभएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको मुलुकको आर्थिक अवस्था र बजेट समीक्षा विषय कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी सुधारका कुनै पनि नीति नल्याएको बताए । उनले सरकारले ल्याएको नयाँ सुधारको नीतिले नयाँ उद्योग थप्न सक्ने अवस्था नदेखिएको बताए । उनले सरकारले ल्याएको बजेटमा नयाँ कुराहरू केही नभएको बताए । उनले सुधारका कुरामा विगतका बजेटमा मन्त्रालयगत,नयाँ सुधार योजना हुँदा स्पष्ट गरिने तर अहिलेको बजेटमा सुधारका योजना नभएको बताए । उनले मुख्य ड्राइभर भनेर हेर्ने भौतिक पूर्वाधार र सहरी विकासमा बजेट बढेको पनि त्यहाँ खल्तीका योजनाहरू आउने गरी बजेट ल्याइएको बताए ।

उनले भने,‘सरकारले ल्याएको बजेटमा नयाँ कुराहरू केही छैन । सुधारका कुरामा विगतका बजेटमा मन्त्रालयगत,नयाँ सुधार योजना हुँदा स्पष्ट गरिन्थ्यो । त्यो भएकाले मुख्य ड्राइभर भनेर हेर्ने भौतिक पूर्वाधार र सहरी विकासमा बजेट बढेको छ । त्यहाँ खल्तीका योजनाहरू आउने डर छ । त्यो भयो भने खर्च हुँदैन । कृषि,शिक्षा र स्वास्थ्यको बजेटको प्रतिशत घटेको छ । निजी क्षेत्र बजेटबाट उत्साहित हुनुपर्ने आवश्यकता छैन । कुन नीतिले उद्योग क्षेत्रमा नयाँ उद्योग थप्ने त्यो देखिएको छैन ।’

 

उनले भौतिक र सहरी मन्त्रालयमा बढाएको बजेट खर्च हुने अवस्था नदेखिएको बताउनु भयो । उहाँले कृषि,शिक्षा र स्वास्थ्यको बजेटको प्रतिशत घटेको उल्लेख गरे ।