images
images

बजेटले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएको कांग्रेसको टिप्पणी

काठमाडौं–नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले आवश्यकको आधारमा बजेट विनियोजन नगरेर सरकारले आफू खुसी अघि बढ्ने बाटो लिएको टिप्पणी गरे । महतले देशभर पानीको अभाव भइरहेका बेला सरकारले खानेपानीको क्षेत्रमा बजेट कटौती गर्ने काम गरेको भन्दै आपत्ति जनाए । अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बजेट थुपारेर सरकारले गलत बाटो लिएको उनको भनाइ छ ।

महतले आन्तरिक ऋणको भरमा बजेटको आकार बढाउने काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS