images

चितवनको सौराहालाई हनिमुन सिटी बनाऔँः सांसद गुरुङ

काठमाडौं–नेपाली कांग्रेसका सांसद धनराज गुरुङले चितवनको सौराहामा हनिमुन सिटी बनाउन माग गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद गुरुङले पर्यटन प्रवर्द्धनका लागि चितवनको सौराहामा हनिमुन सिटी बनाउनुपर्ने बताएका हुन् । उनले नव विवाहित जोडीहरू घुम्न जाने सहरको रूपमा हनिमुन सिटी बनाउनुपर्ने उनले बताए । त्यस्तै रारा तालमा १ हजार जोडी अट्ने हनिमुन सीप बनाउनुपर्ने पनि उनको भनाई छ । उनले रारालाई पनि हनिमुन मनाउन जाने ठाउँको रूपमा विकास गर्नुपर्ने बताए। यसो गरेमा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने सांसद गुरुङको भनाई छ । उनले आगामी दिनमा डाँडामा भ्यु टावर बनाउनु नहुने पनि बताए।

उनले भने – ‘यसमा एउटा कुरा अझै पुगेन । वेडिङ हब्स पनि भयो । बर्थिङ हब्स पनि भयो । अब एउटा हनिमुन हब्स भएन । हनिमुन सिटी भएन । हनिमुन सिटी पनि कहीँ न कहीँ राखिदिँदा के फरक पर्छ रु चितवनको सौराहामै हनिमुन सिटी बनाइदिऊँ । विवाहित जोडीहरू त्यहाँ जान्छन् । नव दुलाहा, दुलही त्यहाँ जान्छन् । हात्ती चढ्छन् । घुम्छन् । त्यसैले हनिमुन सिटी । रारा ताल मात्रै हेर्न जानुभन्दा पनि त्यहाँ एउटा हनिमुन सीप बनाइदिऊँ । १ हजार जोडी अट्ने सिप बनाइदिऊँ । हनिमुन सिपमा गएर हनिमुन मनाउँछन् । के फरक पर्छ रु यसरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ । अर्को कुरा भन्नै पर्छ । नो नट अगेन भ्यु टावर । डाँडामा भ्यु टावर बनाएका छौँ भएको डाँडालाई खत्तम बनाएका छौँ । त्यसैले नो नट अगेन भ्यु टावर भन्नु आवश्यक छ ।’

उनले गाँजाबाट औषधिजन्य वस्तुको उत्पादन गरेर निर्यात गर्न सके बाट २ खर्ब राजश्व उठ्ने बताए । त्यस्तै घरेलु मदिराको ब्राण्डिङ गरे २ खर्ब रुपैयाँ, जडीबुटी खेतीबाट २ खर्ब रुपैयाँ र गैर कानुनी कारोबार बन्द गरेमा २ खर्ब रुपैयाँ राजस्व उठ्ने बताए ।