images

नेपाली क्रिकेट टीमको जर्सी लगाएर संसद् भवन पुगे रास्वपाका सांसद

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू नेपाली क्रिकेट टोलीको समर्थन जनाउँदै नेपाली क्रिकेट टीमको जर्सी लगाएर संसद् भवन पुगेका छन् । प्रतिनिधि सभामा बजेटमाथिको छलफल चलिरहँदा रास्वपाका सांसदहरू भने नेपाली क्रिकेटको जर्सी लगाएर संसद् भवनमा फोटो समेत खिचाएका छन् ।

१० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्डससँग छ । समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ । तर नेपाली क्रिकेटर सन्दीप लामिछाने विश्वकपबाट वञ्चित हुँदै गर्दा भने रास्वपाका सांसदहरू मौन बसेका थिए ।

 

खेलकुद मन्त्री समेत रास्वपाकै भएको र परराष्ट्र मन्त्री समेतको पहल नभएको भन्दै संसदबाट राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयको आवश्यकतामाथि प्रश्न गरेका थिए ।