images

विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन अध्यक्ष लिङदेनको आग्रह

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन अर्थमन्त्रीलाई आग्रह गरेका छन् । मङ्गलवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल गर्दै अध्यक्ष लिङदेनले विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन आग्रह गरेका हुन् ।

उनले विद्युत् खपत गर्नका लागि विदेशमा बेच्नुपर्ने अवस्था भएको अवस्थामा विद्युतीय सवारीमा कर लगाइनु उचित नभएको बताए । उनले कसैको कुरा सुनेर केवल राजस्व वृद्धि गर्न भनि विद्युतीय सवारीमा कर लगाउनु उचित नभएको बताए । उनले सधैँ भरी अनुमान, अनुदान र ऋणमा आधारित भएर बजेट ल्याइने गरेको भन्दै यो प्रक्रिया असफल भएको बताउनु भयो । उहाँले पुँजीगत खर्च र चालु खर्चको दूरी बढेको भन्दै त्यसलाई साँघु¥याउने कुनै प्रयत्न नभएको पनि बताए ।

उनले भने– ‘अर्थमन्त्रीले जुन बजेट प्रस्तुत गर्नुभएको छ, परम्परागत बजेट र त्यो ढाँचामा भन्ने हो भने उहाँले धेरै विवादास्पद कामहरू गर्नुभएको छैन । गिजोल्नु भएको छैन । यति सङ्कलन हुन्छ । यसरी सङ्कलन गर्ने, यसरी बाँड्ने । सकेसम्म सबैको चित्त बुझाउने । आफ्नो कार्यकर्ताको लागि पनि अलिकति ठाउँ राख्ने मिलाउनुभएको छ । परम्परागत रूपमा जे बजेट आउनुपर्ने हो त्यसमा धेरै टिप्पणी गर्नुपर्ने कुरा छैन । तर नेपालको अर्थतन्त्रको अहिलेको जे अवस्था हो, यो बजेटले हामीलाई छलाङ मार्न अथवा अब हामी सुध्रियौँ देश सुधार तर्फ गयो भन्ने आशा जगाउने काम गर्न सक्दैन । हामीले सधैँ अनुमान, अनुदान र ऋण यी तिन वटा चिजलाई समाएर बजेट बनाइराखेका छौँ । र त्यसमा हामी सधैँ असफल भइराखेका छौँ भने यो चोट पनि पुग्दैन भन्ने थाहा छदै छ । अलि फरक ढङ्गले सोच्नुपर्थ्यो । एउटा मौका सरकारको लागि त गयो गयो हामी सबैका लागि गयो । पुँजीगत खर्च र चालु खर्चको दुरी व्यापक छ, त्यसलाई साँघु¥याउने कुनै प्रयत्न भएन । सार्वजनिक खर्च कसरी घटाउने रु के–केमा घटाइयो रु र पुँजीगत खर्च पनि जति छोट्ट्याइएको छ, एकदमै कम छ । त्यो पनि फेरि अत्यन्तै कम खर्च हुन्छ । आर्थिक वर्षको अन्त्यमा मात्रै खर्च हुन्छ । त्यसमा कस्तो सुधार ग¥यौँ भन्ने कुरा आएको भए आशा जाग्थ्यो । पहिलेको जस्तो करको दरमा विवादहरू कम छ । हामीले प्राथमिकतामा राखेको विद्युतीय सवारीहरूमा जुन कर लगाइयो त्यो अर्थमन्त्रीले फिर्ता लिन मिल्छ भने, हाम्रो सुझाव लाग्छ भने त्यो फिर्ता लिए राम्रो हुन्छ । किनभने अहिले पेट्रोलियम पदार्थ आयातमा कति पैसा बाहिर पठाउँछौँ रु विद्युत् खपतको बलियो माध्यम विद्युतीय गाडी हो । इन्डक्सन चुल्हो हो । कसैको कुरा सुनेर लगाउनु हुन्न थियो ।’

उनले बजेट नयाँ शैलीमा आउनुपर्ने भए पनि परम्परागत रूपमा नै आएको बताए । उनले बजेटमा धेरै विवादास्पद कुराहरू नभएको पनि बताए ।