
काठमाडौं – बैंकिङ्ग समाचारले आयोजना गर्ने ‘नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४’ कार्यक्रमको पूर्व सन्ध्यामा बिहीबार काठमाडौंमा प्रारम्भिक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा आगामी असार ११ गते हुने डिस्कोर्सका मुख्य चार सत्रहरूमा हुने बहसको विषयहरू र भविष्यमा त्यसले पार्ने प्रभावबारे गहन छलफल गरिएको हो ।
कार्यक्रममा कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा। द्वारिका उप्रेती, अर्थशास्त्री सूर्य बहादुर थापा, नेपाल राष्ट्र बैङ्कका बैङ्क सुपरिवेक्षण विभाग प्रमुख रामु पौडेल, फाइनान्सियल लिट्रेसी नेपालका अध्यक्ष भुवन दाहाल, नबिल बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली , माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, राष्ट्रिय वाणिज्य बैङ्कका डेपुटी सीईओ पवन रेग्मी , नेपाल राष्ट्र बैङ्कका निर्देशक कृष्णराम ढुन्जु, फिन्टेक अलाइन्सका सञ्जीव सुब्बा, एनसिएचएलका सिईओ निलेशमान सिंह प्रधान लगायत वरिष्ठ सञ्चारकर्मी दिलभुषण पाठक तथा टिकाराम यात्री लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको विशेष सत्रमा छलफल अर्थमन्त्री वर्षमान पुनको उपस्थिति रहने आयोजकले जनाएको छ । उक्त विशेष कार्यक्रमको उद्घाटन राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले गर्ने कार्य तालिका रहेको छ । उक्त कार्यक्रममा नियामयकी निकाय, बैङ्क तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधि क्षेत्रका विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने आयोजकले जनाएको छ ।
मुख्य रूपमा बैङ्किङ क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा, वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति, नेपालमा डिजिटल इकोसिस्टमको वर्तमान परिदृश्य तथा क्रस बोर्डर डिजिटल भुक्तानीका चुनौतीहरू, सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगिता र आगामी दिशानिर्देशका बारेमा छलफल हुने छ ।
दोस्रो नेशनल बैङ्किङ डिस्कोर्स २०२४ ले बैङ्किङ क्षेत्रका समस्याहरूको समाधान खोज्न र नेपालमा बैङ्किङ प्रणालीलाई सुधार गर्न महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।