images

बैङ्कहरूमा रहेको ६ अर्ब बजारमा लैजान आर्थिक नीतिमार्फत सहज गर्छौंः अर्थ सचिव मरासिनी

काठमाडौं–अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बैङ्कहरूमा रहेको ६ अर्ब लगानीयोग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सरकारले सहज गर्ने बताएका छन् ।

मङ्गलवार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको आगामी मौद्रिक नीति विषय छलफल कार्यक्रममा बोल्दै सचिव मरासिनीले यस्तो बताएका हुन् । उनले सरकारले पारदर्शी रूपमा नै बजारलाई चलायमान बनाउने बताए ।

उनले अर्थ मन्त्रालयले बैङ्कमा भएको ६ सय अर्ब लगानीयोग्य रकमलाई नीतिगत रूपमा सहजिकरण गरी बजारमा जाने वातावरण बनाउने बताए । उनले उक्त पैसा निकास गर्न आर्थिक नीतिमार्फत सहज गर्न कुनै पनि कसर बाँकी नराख्ने उल्लेख गरे । उनले आर्थिक नीतिमा आवश्यक सुधार गरी बैङ्कहरूमा रहेको ६ सय अर्ब रुपैयाँ बजारमा जान सहज गर्ने बताए । सचिव मरासिनीले राजश्वमा दबाब परेको कारणले अर्थतन्त्रमा चुनौती रहेको बताए । उनले अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जा र बिमाको केही पैसा भुक्तानी निकासा गरिसकेको बताए । उनले चालु आर्थिक वर्षको अन्तिम असार महिनामा खर्च बढ्नुपर्ने अवस्थामा रहेको बताए । उनले सरकारले अहिलेसम्म पुँजीगत खर्च ४६ प्रतिशत भन्दा माथि गर्न नसकेको बताए । उनले बजेट जति छरपस्ट भए पनि अन्तिममा खर्च नहुने अवस्था रहेको भन्दै खर्च नभएको रकमलाई ल्याएर सिर्जित र अनिवार्य दायित्व राष्ट्रिय गौरव आयोजनाहरूमा दिने बताए । उनले बजेट रकमान्तर र भुक्तानी दिने विषयमा अर्थ मन्त्रालय पारदर्शी रहेको बताए ।

उनले भने,‘राजश्वमा दबाब परेको कारणले गर्दा पनि अर्थतन्त्रमा ब्याड लक छ । अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जा र बिमाको केही पैसा भुक्तानी निकासा गरिसकेका छौ । रकम दुरुपयोग भन्ने अखबारहरूमा समाचार आउँछ अनि हामीलाई पनि केही काम गर्न लाग्दा कुन अखबारमा के लेखेको छ हर्नुपर्ने भएको छ । चालु आर्थिक वर्षको अन्तिम असार महिनामा छौँ । खर्च बढ्नु पर्ने बेला छ । हामीले हर्ने अहिले बजेट जति छरपस्ट भए पनि अन्तिममा खर्च हुँदैन । त्यसलाई ल्याएर सिर्जित र अनिवार्य दायित्व राष्ट्रिय गौरव र ब्याटललाई तिर्ने हो । नयाँलाई हामी पनि दिँदैनौँ । हामी पनि पारदर्शी छौँ । हाम्रो पारदर्शिता माथि धेरै प्रश्न भइरहन्छ । पारदर्शी रूपमा नै बजारलाई चलायमान बनाउने हो । अर्थ मन्त्रालयले बैङ्कमा भएको ६ सय अर्ब लगानी योग्य रकमलाई प्राथमिकताका साथ हेरी रहेका छौँ । त्यो पैसा निकास गर्न आर्थिक नीतिमार्फत सहज गर्न कुनै पनि कसर बाँकी राख्दैनौँ । आर्थिक नीतिमा कहाँ कति सुधार गर्नुपर्ने हो । त्यो गर्छौँ । बैङ्कहरूमा रहेको ६ सय अर्ब रुपैयाँ बजारमा जान सहज गर्छौँ ।’

उनले आगामी मौद्रिक नीति पनि अर्थतन्त्रलाई चलायमान बनाउने खालको आउनेमा आफू विश्वस्त रहेको बताए ।