images
images

एमाले अध्यक्ष ओलीले आफ्ना सबै मन्त्रीलाई बोलाए बालकोट

काठमाडौं– एमाले अध्यक्ष ओलीले आफ्ना सबै मन्त्रीहरुलाई बालकोट बोलाएका छन् । अध्यक्ष ओलीले आज साँझ साढे ६ बजे बालकोटस्थित आफ्नो निवासमा मन्त्रीहरूलाई छलफलका लागि बोलाएका हुन्।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली तथा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बेग्लाबेग्लै भेटवार्ता चलिरहेका छन्।

ओलीले यस अघि नै आफ्ना मन्त्रीहरूलाई काठमाडौं नछोड्न र अलर्ट रहन निर्देशन दिएका थिए । एमाले र कांग्रसबीच नयाँ सत्ता यात्रा थाल्ने सहमति बनेपछि ओलीले दाहाललाई राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै पद छाड्न भनेकाे स्राेतले जनाएकाे छ।

 जवाफमा प्रधानमन्त्री दाहालले ओलीलाई यही गठबन्धनबाट प्रधानमन्त्री बन्न आग्रह गरेका थिए। त्यसपछि ओलीले यो गठबन्धनमा कांग्रेस नआउने भएकोले नयाँ ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका थिए।

शनिवार ओली निवास बालकोटमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासहित पुगेर तीन घण्टा कुराकानी गरेपछि संसद्का दुई ठुला दल मिलेर अघि बढ्ने समझदारी बनेको हो। त्यसैको प्रतिक्रियात्मक ओलीले दाहाललाई सत्ता छाड्न आग्रह गरेका हुन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS